ललिता निवास प्रकरणमा बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था होस् : सांसद खतिवडा « Khabarhub

ललिता निवास प्रकरणमा बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था होस् : सांसद खतिवडा


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा साना माछा समाएर ठूला माछालाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका हुन् ।

‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला चार अना, आठ आना, सोह्र आना र बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् ।’ उनले भने, ‘सरकारले भुरालाई जालमा हाल्ने र ठूलालाई छोड्ने काम नगरोस् ।’

बैठकमा उनले पशुपतिनाथको जलहरी प्रकरणमा दुई थरीको मुचुल्का तयार भएको पाइएको भन्दै उनले यसबारे पनि सत्यतथ्य छानबिन गर्न माग गरे । पहिले तयार पारिएको मुचुल्कामा एकथरी तौल र अहिले तयार पारिएको मुचुल्कामा अर्को तौल रहेको उनको आरोप छ ।

पशुपततिको जलहरीमा १३ जनाको नाम कुँदिएको भन्दै उनले अझै केही ड्राइभर, कार्यालय सहयोगरी, पिएसओ र पीएको नाम छुटेको र उनीहरु सबैको नाम लेख्नुपर्ने कटाक्ष गरे ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  २ : ०० बजे

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।