ललिता निवास प्रकरणमा बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था होस् : सांसद खतिवडा « Khabarhub

ललिता निवास प्रकरणमा बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था होस् : सांसद खतिवडा


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा साना माछा समाएर ठूला माछालाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका हुन् ।

‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला चार अना, आठ आना, सोह्र आना र बत्तीस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् ।’ उनले भने, ‘सरकारले भुरालाई जालमा हाल्ने र ठूलालाई छोड्ने काम नगरोस् ।’

बैठकमा उनले पशुपतिनाथको जलहरी प्रकरणमा दुई थरीको मुचुल्का तयार भएको पाइएको भन्दै उनले यसबारे पनि सत्यतथ्य छानबिन गर्न माग गरे । पहिले तयार पारिएको मुचुल्कामा एकथरी तौल र अहिले तयार पारिएको मुचुल्कामा अर्को तौल रहेको उनको आरोप छ ।

पशुपततिको जलहरीमा १३ जनाको नाम कुँदिएको भन्दै उनले अझै केही ड्राइभर, कार्यालय सहयोगरी, पिएसओ र पीएको नाम छुटेको र उनीहरु सबैको नाम लेख्नुपर्ने कटाक्ष गरे ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  २ : ०० बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष