सशस्त्र प्रहरी आपत्-विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल « Khabarhub

सशस्त्र प्रहरी आपत्-विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्विपत्मा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए ।

उनले भने, “तपाईं र तपाईंका आफन्तले गरेको गौरवले त्यसबेला सार्थकता पाउँछ, जब तपाईंले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईंहरुले बगाएको पसिनाले त्यतिबेला सार्थकता पाउँछ, जतिबेला तपाईंहरुले भिन्नाभिन्नै भूगोलमा बसेर नेपाली नागरिकमा सुरक्षाको प्रत्याभूति दिई आपत्विपत् परेको समयमा भरोसा दिलाउन सक्नुहुन्छ ।”

उनले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुहुँदै मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी सामाजिक र पदीय आचरण विपरित गतिविधिमा नलागी आफूलाई एउटा अब्बल अधिकृतको रुपमा परिचित गराउनेतर्फ लाग्नुपर्नेसमेत बताए।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापना कालदेखि यहाँसम्म आइपुग्न सङ्गठनमा हिजो र आजका दिनमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण पनि गरे । नयाँ जोश र ऊर्जाका साथ दीक्षित भई कार्य क्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकको आगमनसँगै सङ्गठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले साधारण नगारिकबाट फौजी जीवनमा प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउँदै प्रशिक्षार्थीलाई तालिममा सिकाईएका सैद्धान्तिक एवं व्यवहारिक अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने बताए । ४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कूल एक सय २० जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहभागी थिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ४० बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो