दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह सामाजिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारीलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने
नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो ।

शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह
सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन’
जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।

सामाजिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड
नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले देशका विभिन्न स्थानमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भइरहेकाले सामाजिक सद्भावलाई कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको हो ।

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी आज बिहान ३ बजे दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए ।

‘स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ’
गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ ।

मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।

उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

एमाले वाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी
नेकपा (एमाले)को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।

‘सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ’
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।

गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए।

‘सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएकी छन् ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यति बढी जनता सशक्त हुने बताइन् ।

काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारी
चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत, बालविकास लगायतका शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : ०२ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका