महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ « Khabarhub

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो रहेका छन्। उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ।

साथै बीआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ४६ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन