विश्व कीर्तीमानका लागि जनकपुरधाममा अन्नको मूर्ति बनाइने « Khabarhub

विश्व कीर्तीमानका लागि जनकपुरधाममा अन्नको मूर्ति बनाइने


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

धनुषा – मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ ।

विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताए । अध्यक्ष साहले ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुने बताए।

भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड बनाई विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय करण गरिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

सो मूर्ति निर्माण भएपछि वल्र्ड रेकर्डका लागि दाबी गर्ने नगरप्रमुख साहले बताए । अन्नबाट राम–सीता स्वयम्वरको मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिए। नगरप्रमुख साहले भने, मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ प्रयोग हुनेछैन । जहाँ जुन रङको आवश्यकता पर्छ, सोही रङको अन्न प्रयोग गरिन्छ ।” सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।

जनकपुरधाम वडा नं ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतीय आजतक च्यानलमा सो मूर्ति विश्वकीर्तिमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठूला मूर्ति बनाउनुपर्ने प्रस्तावमा भारतीय कलाकार तथा विज्ञ सतिष घुरजरसहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।

पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष साहले बताए । मूर्ति बनाउनका लागि भारतको मध्यप्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकारलगायतको सहयोग रहने बताइएको छ ।

मूर्ति कस्तो बनाउने भन्ने विषयमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साह, बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद् अध्यक्ष शीतल साह, विद्वान डा राजेन्द्रप्रसाद विमल, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठसहितसँग कलाकार घुरजरले सो विषयमा छलफल गरेका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : ०१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि