बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज « Khabarhub

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।

नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : ४७ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान