‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई « Khabarhub

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

खोटाङ – ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको  पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ ।

खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभापोखरी–३ ले रु एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । सो स्पर्धामा भोजपुरको  रामप्रसाद राई–५ मानेभञ्ज्याङ्ग दोस्रो भई रु ७० हजार प्राप्त गर्‍यो ।

पुरुषतर्फ विभिन्न जिल्लाका २६ टोलीले भाग लिएका थिए । तेस्रो भएका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु ३५-३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी महिलातर्फको विजेता रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले रु ४० हजार तथा तेस्रो हुने बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु २५-२५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए ।

यसैगरी महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए । उनीहरुलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि गत वर्ष सम्पन्न भएको चौथो संस्करणको पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले जितेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : २७ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान