नगरपालिकाद्वारा द्वन्द्वपीडितलाई राहत वितरण « Khabarhub

नगरपालिकाद्वारा द्वन्द्वपीडितलाई राहत वितरण


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९-८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक दुई हजार भत्ता वितरण गरेको जानकारी दिए । 

‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ’, उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए । 

नगरपालिकाले द्वन्द्वपीडितलाई सवल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि ६५ लाख बजेट छुट्याएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट हुने आम्दानी करिब सात करोड रहेको बताइएको छ ।

राजापुरकी द्वन्द्वपीडित रविना चौधरीले आफूहरुले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रशंसनीय काम भएको बताए। ‘हामीले केहीले बाख्रापालन गरेका छौँ, केहीले सिलाइकटाइको काम गरेर जीवन चलाएका छौँ’, उनले भने ।  चौधरीले आफूहरूलाई स्वास्थ्य बीमालगायतका सुविधा आवश्यक भएकामा जोड दिँदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताए।  

नगरपालिकाका द्वन्द्वपीडित सुजन थारूले परिपूरण र क्षतिपूर्ति भए पनि द्वन्द्वपीडितलाई राहत हुने उल्लेख गर्दै द्वन्द्वका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताए । राजापुरमा एक सय छ जना द्वन्द्वपीडित स्वरोजगार कार्यक्रममा छन् । ‘परिपूरण र क्षतिपूर्ति भए, माफी दिँदा पनि राम्रो हुन्छ’, उनले भने ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : २४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६