रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह « Khabarhub

रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने उनले बताए ।

राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको शनिबार समापन गर्दै मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउन पनि यस क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको प्रस्ट पारे ।

उनले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेको समेत उल्लेख गरे । ‘खेल क्षेत्रलाई मर्यादित बनाउन गर्नुपर्ने कामका लागि प्रदेश सरकार तयार छ’ मन्त्री सिंहले भने । उक्त अवसरमा मन्त्री सिंहले ब्याडमिन्टन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमका अनुसार तीन दिनसम्म चलेको प्रतियोगितामा ९३ समूह सहभागी भएका थिए । 

प्रदेशभित्रका कर्मचारीसहित सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बाँके र कैलालीको समूह समेत प्रतियोगितामा सहभागी भएका थिए । कर्मचारीतर्फ कविन्द्र पुन र ईश्वर रावलको समूह प्रथम हुँदा महेश सिंह ठकुरी र खगेन्द्र माझीको समूह द्वितीय भए । यस्तै, फणेन्द्र रेग्मी, तुल्सी घर्ती, कमल खत्री र रूप सिंह विकको समूह तृतीय भए ।

प्रदेश लेखा नियन्त्रक बमका अनुसार भेट्रान्सतर्फ अनिल लाखे र जयन्त श्रेष्ठको समूह प्रथम भयो । रितेश थापा र वीरेन्द्रसिंह विष्टको समूह द्वितीय हुँदा तिलक बस्नेत, कलम विक्रम शाह, धन देवकोटा र नारायण अधिकारीको समूह तृतीय भए ।

यसैगरी, खुलातर्फ सशस्त्र प्रहरी बल क्लबका सुजन थापा र प्रनिस सिंह ठकुरीको समूह प्रथम भए । त्रिभुवन आर्मी क्लबका कबिर केसी र नरेन्द्र बमको समूह द्वितीय भए । तृतीय हुनेमा अनिल मल्ल, दिनेश खड्का, राजेन्द्र बम र जितप्रसाद लामिछानेको समूह रहेको छ ।

खुलातर्फ प्रथम हुनेले ५५ हजार ५५५, द्वितीय हुनेले ३३ हजार ३३३ र तृतीय हुनेले २२ हजार २२२ रूपैयाँ नगद प्राप्त गरेका छन् । भेट्रान्सतर्फ प्रथम हुनेले ३३ हजार ३३३, द्वितीय हुनेले २२ हजार २२२ र तृतीय हुनेले ११ हजार १११ रुपैयाँ नगद पुरस्कर पाएका प्रदेश लेखा नियन्त्रक बमले जानकारी दिए । 

उनका अनुसार कर्मचारीतर्फ प्रथम हुनेले २२ हजार २२२, द्वितीय हुनेले ११ हजार १११ र तृतीय हुनेले ७ हजार ७७७ रूपैयाँ पुरस्कार पाएका छन् ।
प्रतियोगिताको समन्वय सुर्खेत जिल्ला ब्याडमिन्टन संघले गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : १५ बजे

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा