एयर इन्डियाको जहाज ‘ओभरसुट’ « Khabarhub

एयर इन्डियाको जहाज ‘ओभरसुट’


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, उनले भने ।

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ४५ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली