सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम « Khabarhub

सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन् ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उनले दुई सय ८९ दशमलव पाँच नम्बर पाएका थिए । प्रथम भएका गोविन्दले उपाधिसहित रु ३५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

द्वितीय भएका बागलुङका राजेश गन्धर्वले दुई सय ८७ दशमलव पाँच र तृतीय भएका कास्कीकै विमल गायकले दुई सय ८२ अङ्क प्राप्त गरे । राजेशले रु २५ हजार र विमलले रु १५ हजार पुरस्कार पाए ।

दुई सय ८१ अङ्क ल्याउँदै गोरखका सुमन गन्धारी चौथो भए । उनले रु सात हजार पाँच सय पुरस्कार हात प्राप्त गरे । प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप तनुहँकी अरुणा गन्धर्वले रु दुई हजार पाँच सय पाए । विजेतालाई संस्कृतविद् डा जगमान गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ३३ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली