मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो : ओली « Khabarhub

मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो : ओली


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन्। अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे ।

“देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने ।

नेकपा (एमाले) पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताए । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उनले जोड दिए ।

“अब लोगो झुन्ड्याएर, सङ्गठनमा बसेरमात्रै हुँदैन । एमालेका नेता, कार्यकर्ता जनतामा जानुपर्छ । पार्टीले सबै सङ्गठनलाई चुस्तदुरुस्त र सक्रिय ढङ्गले चलाउनु पर्छ”, उनले भने, “यो सबै काम पार्टी सङ्गठन बनाउन, चुनाव जित्नका लागि होइन । यो देशलाई ठीक ढङ्गले चलाउनका लागि आवश्यक परेको हो ।”

प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले हिजो आयोजित कार्यक्रममा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने स्पष्ट पारे । “विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । बालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्”, ओलीले भने, “मैले विद्यालय उद्घाटन गरेँ, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ३९ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली