अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा | Khabarhub Khabarhub

अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि आज हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहेका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए।

“देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो”, उनले भने । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उनले बताए । “अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ”, उनले भने । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : ४५ बजे

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा

१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा २४ अर्ब

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय

एजेन्सी- भारतको राजस्थान राज्यस्थित भिलवाडा जिल्लाको कोटडीमा एकजना नाबालिगमाथि भएको

इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू

काठमाडौं– इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’  विषयअन्तर्गत

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को