ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका-१४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खसेको थियो ।

मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ । घटनाबारे आज बिहान मात्र थाहा भएको वडा नं १४ का वडा अध्यक्ष जुन बहादुर खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको छ । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ११ : ५० बजे

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि