ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका-१४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खसेको थियो ।

मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ । घटनाबारे आज बिहान मात्र थाहा भएको वडा नं १४ का वडा अध्यक्ष जुन बहादुर खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको छ । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ११ : ५० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय