फिलिपिन्सको सैनिक कारबाहीमा चार जना विद्रोही मारिए « Khabarhub

फिलिपिन्सको सैनिक कारबाहीमा चार जना विद्रोही मारिए


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सको सेनाले विद्रोही समूह न्यू पिपस आर्मी (एनपीए) विरुद्ध गरेको कारबाहीमा चार जना विद्रोही मारिएका छन् ।

मध्य फिलिपिन्समा आइतबार गरिएको उक्त कारबाहीमा चार जना सन्दिग्ध विद्रोही मारिएका एक जना सैनिक प्रवक्ताले सोमबार बताएका छन् ।

सेनाका क्याप्टेन जेफरसन मारियानोले उत्तरी समर प्रान्तमा एनपीए विद्रोहीसँग भएको झडपमा ती विद्रोही मारिएका तथा उनीहरूबाट हातहतियार र गोलाबारुद बरामद गरिएको बताएका छन् ।

 सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारसँग लड्दै आएका छन् । उनीहरूले ग्रामीण क्षेत्रमा  आफ्ना आक्रमण केन्द्रित गर्दै आएका छन् । सोही क्रममा  सेनासँग झडप हुने गरेको छ । सेनाको एक तथ्याङ्कअनुसार  एनपीएमा दुई हजार सदस्य छन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ४८ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक