ऊर्जा क्षेत्रको बजेट घट्यो « Khabarhub

 ऊर्जा क्षेत्रको बजेट घट्यो


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो ।

चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै जलस्रोत तथा सिचाइतर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ०६ बजे

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’