भौतिक पूर्वाधारको बजेट घट्यो | Khabarhub Khabarhub

भौतिक पूर्वाधारको बजेट घट्यो


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बजेटमा चालु आर्थिक वर्षको भन्दा आगामी आवमा कम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आव २०८०र८१ को बजेट वक्तव्यमा मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरिएको उल्लेख छ । जबकी चालु आवका लागि सरकारले भौतिक पूर्वाधारमा रु एक खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको थियो । जुन रु ३० अर्ब कम हो ।

जसअनुसार पूर्वपश्चिम राजमार्गका लागि रु ३१ अर्ब दुई करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भई नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आ २०८०÷८१ को बजेट तयार पारेको हो । सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आवमा एक सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने भएकोे छ । पुल निर्माणका लागि रु दुई अर्ब आठ करोड विनियोजन गरिएको जनाइएको छ ।

सूर्यविनायक धुलिखेल सडकखण्डको विस्तारअघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौँ चक्रपथको कलङ्की–वसुन्धरा खण्डको सडक विस्तार तथा निर्माणलाई तीव्रता दिन रु दुई अर्ब सात करोड व्यवस्था गरिएको छ ।

राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, काठमाडौँको कोटेश्वर र ललितपुर, सातदोबाटो, एकान्तकुना र ग्वार्कोमा फ्लाइओभर निर्माणलाई आगामी आवमा सम्पन्न गरिने भएको छ ।

सुलभ, सुरक्षित र दिगो यातायात व्यवस्थापनमा काम गरिने भएको छ । नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्न बजेटको व्यवस्था भएको छ । हुलाकी राजमार्ग अन्तर्गत आठ जिल्लाका लागि बजेट विनियोजन भएको छ । मदन भण्डारी राजमार्गका लागि रु दुई अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

तराई मधेस द्रुत मार्गका लागि रु २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । हुम्ला जिल्लालाई सडक सञ्जालमा जोडिने भएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त कर्णाली सडकको स्तरोन्नति गरिने भएको छ । महाकाली कोरिडोर र भेरी कोरिडोरलाई निरन्तरता दिइएको छ । भेरी कोरिडोरलाई रु ५० करोड बजेट विनियोजन गरिएको छ ।

कोहलपुर सुर्खेत सडकलाई निरन्तरता दिइएको छ । नागढुङ्गा सुरुङमार्गलाई रु पाँच अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । रानी विराटनगर सडकलाई निरन्तरता दिइएको छ । अन्तरदेशीय व्यापारिक मार्गलाई रु ५१ करोड बजेट विनियोजन गरिएको छ ।

धुलिखेल सूर्यविनायक सडक सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन भएको छ । कोटेश्वरमा फ्लाइओभर बनाइने भएको छ । टोखा छहरे सुरुङ मार्गका लागि बजेट व्यवस्थापन भएको छ । सार्वजनिक यातायात सेवालाई सुलभ र वातावरणमैत्री बनाइने कार्यक्रम बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : १० बजे

हुम्लाको खार्पुनाथमा औषधी अभाव

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका

वडाध्यक्षको तरकारीखेती मोह

कञ्चनपुर – शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा

अस्ट्रेलियाका कप्तान कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउने

अस्ट्रेलिया – कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त

अमेरिकामा डढेलो : ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित

लस एन्जलस – अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको