पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री डा महत « Khabarhub

पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री डा महत


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रुपमा अनुगमन गरिने बताए।

“पुँजीगत खर्चलाई नियमितरुपमा यसलाई अनुगमन गर्छौं, बोलेका कुरा कार्यान्वयनमा लान्छौँ । यसले पुँजीगत खर्चको प्रभावकारिता बढ्छ, सरकारी संरचनामा देखिएको ढिलापन समाप्त हुन्छ”, उनले भने ।

अर्थमन्त्रीले साधारण खर्चमा अत्यन्त मितव्ययिता अपनाउने, अनावश्यक संरचना नराख्ने सुरुआत गरेको बताए । उनले भने, “बजेट विनियोजन गरेर मात्रै पुगेन, यसको प्रभावकारिता कसरी बढाउने भनी सूक्ष्म ढङ्गबाट अध्ययन विश्लेषण गरिएको छ ।”

करका नीति पनि उद्योग क्षेत्रलाई केन्द्रविन्दुमा राखेर ल्याइएको जनाउँदै उन्ले कसैको पक्ष वा विपक्षमा नभएको बताए । “राजस्वतर्फ जहाँ नीतिगत चुहावट छ, कहाँ करलाई छली प्रवृत्ति कसरी आइरहेको छ, त्यसलाई मध्यनजर राखेर समग्ररुपमा निजी लगानीलाई प्रोत्साहन गर्ने, त्यसमा करका दर नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने गरी करका दर मिलाइएको छ”, अर्थमन्त्री डा महतले भने ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ९ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै