टाइटानिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो | Khabarhub Khabarhub

टाइटानिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ । विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो ।

समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा मानव अवशेष भेटिएकोसमेत बताएका छन्। यी अवशेषहरूलाई परीक्षणको लागि मेडिकल टोलीमा पठाइने छ।

बीबीसीका अनुसार पनडुब्बीको भग्नावशेषमा ल्यान्डिङ फ्रेम, रियर कभरलगायत ५ वटा भाग भेटिएको छ । कोस्ट गार्डले भने, ‘पनडुब्बीको धेरै भग्नावशेष अझै टाइटानिक जहाज नजिकै छ। पनडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँच गरी किन विस्फोट भयो भन्ने पत्ता लाग्नेछ ।’

टाइटन पनडुब्बी जुन १८ मा साँझ ५ः३० बजे एट्लान्टिक महासागरमा छोडिएको थियो। यो पौने २ घण्टा पछि बेपत्ता भएको थियो । पनडुब्बीमा पाइलटसहित ५ जना पर्यटक सवार थिए ।

पनडुब्बीलाई ४ दिनसम्म खोज्ने प्रयास गरिएको थियो, त्यसपछि २३ जुनमा टाइटानिक जहाजको भग्नावशेषबाट १६ सय फिट टाढा यसको भग्नावशेष भेटिएको थियो ।

अमेरिकी नौसेना अधिकारीका अनुसार टाइटन पनडुब्बीको अन्तिम स्थान टाइटानिक जहाजको नजिकै रेकर्ड गरिएको थियो। बेपत्ता भएको केही समयपछि रडारमा विष्फोटसँग सम्बन्धित केही संकेतहरू पनि भेटिएका थिए ।

यो जानकारी तुरुन्तै कमाण्डरसँग साझा गरिएको थियो, जसले खोजी अभियानमा मद्दत गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ११ : ५८ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको