चीनसँगको सम्बन्ध महत्वपूर्ण छ : न्युजिल्याण्डका प्रधानमन्त्री « Khabarhub

चीनसँगको सम्बन्ध महत्वपूर्ण छ : न्युजिल्याण्डका प्रधानमन्त्री


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्वपूर्ण रहेको न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले  बताएका छन् ।

चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताएका छन् ।

सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिदै ‘न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्वपूर्ण’ रहेको धारणा राखेका हुन् ।

‘हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापक रूपमा परिभाषित गर्न सकिन्छ,’ उनले  भने । कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुन: स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताएका छन् ।

प्रधानमन्त्री हिपकिन्सले भने- ‘चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठुलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ ।’

चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उनले भने- द्विपक्षीय शिक्षा सम्बन्ध “धेरै राम्रो” रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढवा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकुन् ।

‘हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौँ। हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं,’ हिपकिन्सले  भने, ‘चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौँ। यो सङ्ख्या निरन्तर बढ्दै गएको छ।’

प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन्  । यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने सम्मेलनको १४ औं वार्षिक बैठकमा भाग लिँदै छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  २ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक