अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता « Khabarhub

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रस्थित ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको बीबीसीले जनाएको छ । 

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मर्ल्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिए । रक्षामन्त्री मर्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।

दुर्घटनापछि ‘अपरेशन तालिजमान साब्रे स्थगित गरिएको छ । रिपोर्टका अनुसार तालिजम्यान साब्रेको समयमा अमेरिकी मरीन र अस्ट्रेलियाली सैनिकहरू ह्वाइट सन्डेमा सँगै अभ्यास गरिरहेका थिए।

अमेरिका, फ्रान्स र अष्ट्रेलियालगायत १३ देशको तालिजमान साब्रे’मा करिब ३० हजार सैनिक सहभागी छन् । पपुवा न्युगिनी, फिजी र टोंगा पहिलो पटक सहभागी हुँदैछन् । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : १५ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन