अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता « Khabarhub

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रस्थित ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको बीबीसीले जनाएको छ । 

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मर्ल्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिए । रक्षामन्त्री मर्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।

दुर्घटनापछि ‘अपरेशन तालिजमान साब्रे स्थगित गरिएको छ । रिपोर्टका अनुसार तालिजम्यान साब्रेको समयमा अमेरिकी मरीन र अस्ट्रेलियाली सैनिकहरू ह्वाइट सन्डेमा सँगै अभ्यास गरिरहेका थिए।

अमेरिका, फ्रान्स र अष्ट्रेलियालगायत १३ देशको तालिजमान साब्रे’मा करिब ३० हजार सैनिक सहभागी छन् । पपुवा न्युगिनी, फिजीटोंगा पहिलो पटक सहभागी हुँदैछन् । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : १५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं