जी २० शिखर सम्मेलनमा पुटिन सहभागी नहुने « Khabarhub

जी २० शिखर सम्मेलनमा पुटिन सहभागी नहुने


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । जी २० को शिखर सम्मेलन आगामी महिना भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुँदैछ ।

राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी सेप्टेम्बर ९ र १० मा हुने शिखर सम्मेलनमा सहभागी नहुने जानकारी दिएका छन् ।

उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि रुसी सरकारका प्रवक्ताले व्यस्त कार्यतालिका भएकाले राष्ट्रपति पुटिन जी २० शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका असर घटाउने र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ४ : ४३ बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित