एसिया कप क्रिकेट : नेपालले भारत र पाकिस्तानसँग रोचक प्रतिस्पर्धा गर्दै « Khabarhub

एसिया कप क्रिकेट : नेपालले भारत र पाकिस्तानसँग रोचक प्रतिस्पर्धा गर्दै


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।

श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा आयोजना गरिएको प्रतियोगिता खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरको ढाँचामा हुनेछ ।

समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि भारतका खेलहरु श्रीलङ्कामा आयोजना हुनेछ ।

पहिलोपटक एसिया कप खेल्ने नेपाली टिमको कप्तानी रोहित पौडेलले गर्दैछन् । नेपाली टिममा ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलगायतका खेलाडी छन् ।

हाल नेपाली टिमले पाकिस्तानमा अभ्यास गरिरहेको छ । एक दिवसीय वरियतामा १५ औँ स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोट प्रतियोगितामा सहभागी भएको थियो ।

गत साता अफगानिस्तानसँगको सिरिज ३–० ले जितेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरियतामा शीर्ष स्थानमा पुगेको पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ ।

दुई पटक एशिया कपको उपाधि जितिसकेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र विकेटकिपर मोहम्मद रिजवानलगायतका दिग्गज खेलाडी छन् ।

क्रिकेटको पावरहाउस भारतले सबैभन्दा धेरै पटक एसिया कप जितेको छ । आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारत कप्तान रोहित शर्माको नेतृत्वमा मैदानमा उत्रिने छ । भारतीय टिममा विराट कोहलीजस्ता स्तरीय ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रूत गतिका बलर जसप्रित बुमराह लगायतका खेलाडी छन् ।

समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । बङ्गलादेश आईसीसीको एक दिवसीय वरियतामा सातौँ, श्रीलङ्का आठौँ र अफगानिस्तान नवौँ स्थानमा छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : ०२ बजे

सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार 

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी