एसिया कप क्रिकेट : नेपालले भारत र पाकिस्तानसँग रोचक प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : नेपालले भारत र पाकिस्तानसँग रोचक प्रतिस्पर्धा गर्दै


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।

श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा आयोजना गरिएको प्रतियोगिता खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरको ढाँचामा हुनेछ ।

समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि भारतका खेलहरु श्रीलङ्कामा आयोजना हुनेछ ।

पहिलोपटक एसिया कप खेल्ने नेपाली टिमको कप्तानी रोहित पौडेलले गर्दैछन् । नेपाली टिममा ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलगायतका खेलाडी छन् ।

हाल नेपाली टिमले पाकिस्तानमा अभ्यास गरिरहेको छ । एक दिवसीय वरियतामा १५ औँ स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोट प्रतियोगितामा सहभागी भएको थियो ।

गत साता अफगानिस्तानसँगको सिरिज ३–० ले जितेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरियतामा शीर्ष स्थानमा पुगेको पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ ।

दुई पटक एशिया कपको उपाधि जितिसकेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र विकेटकिपर मोहम्मद रिजवानलगायतका दिग्गज खेलाडी छन् ।

क्रिकेटको पावरहाउस भारतले सबैभन्दा धेरै पटक एसिया कप जितेको छ । आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारत कप्तान रोहित शर्माको नेतृत्वमा मैदानमा उत्रिने छ । भारतीय टिममा विराट कोहलीजस्ता स्तरीय ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रूत गतिका बलर जसप्रित बुमराह लगायतका खेलाडी छन् ।

समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । बङ्गलादेश आईसीसीको एक दिवसीय वरियतामा सातौँ, श्रीलङ्का आठौँ र अफगानिस्तान नवौँ स्थानमा छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : ०२ बजे

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौं- ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका

अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुनसक्छ : विश्लेषकहरू

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल

साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित