दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री एमसीसीका उपाध्यक्ष अलफोर्ड काठमाडौँमा, गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र, पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, विद्युत् विधेयक संघीय संसद्मा पेश गर्ने सरकारको निर्णय,नाम र जात सच्याउन पाइने, कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए ।

विद्युत् विधेयक संघीय संसद्मा पेश गर्ने सरकारको निर्णय
बहुप्रतीक्षित विद्युत् विधेयक–२०८० लाई सरकारले संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक आजको बैठकले पारित गर्दै संघीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ ।

एमसीसीका उपाध्यक्ष अलफोर्ड काठमाडौँमा

अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् ।

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा रहदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने कार्यक्रम छ ।

पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने

शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् ।

यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् ।

प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए ।

प्रधानमन्त्रीसँग मकवानपुरका जनप्रतिनिधिको भेट

मकवानपुरका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

संघीय सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसद र संविधानसभा सदस्यलगायतको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट गरी हेटौँडामा सडक विस्तारका विषयमा ध्यानाकर्षण गराएको प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले जानकारी दिए ।

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता आउने विश्वास व्यक्त गरे ।

कोशी प्रदेशमा राप्रपाले सघाउँदैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको गठबन्धन सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् ।

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ ।

नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो ।

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा(दिल्ली र भैरहवा(हङकङ हवाई उडान सुरु गरेको छ ।

आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा(दिल्ली र भैरहवा(हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ ।

राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको ‘सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँडेर सामन्तवाद ब्युँताउन खोजिएको आरोप लगाए ।

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै संघीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ ।

आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेश गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूतबीच भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गरेका छन् ।

आज गृह मन्त्रालयमा भएको सो भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो।

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ०४ बजे

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई

बेगनास तालको पूर्वाधार विकासमा जोड दिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको