कैलालीमा हैजाको बिरामी फेला « Khabarhub

कैलालीमा हैजाको बिरामी फेला


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।

बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए । दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ । कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको सङ्क्रमण गराउँछ ।

हैजा भएमा तारन्तार बान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुनसक्छ । बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा सङ्क्रमण हुने जोखिम नरहेको बताइएको छ ।

शाहीले भने “अरु व्यक्तिलाई सङ्क्रमण भएको छैन, सङ्क्रमण हुनसक्ने अवधि पनि गुज्रिसकेकाले डराउनुपर्ने अवस्था छैन ।” बिरामी महिला केही दिनअघि भारतबाट फर्किएको बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : ४४ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका