सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर « Khabarhub

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको घटना पनि स्थानीयले केही दिनपछि मात्रै थाहा पाउँछन् ।

प्राकृतिकरूपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन् । नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने निसेलढोरमा टेलिफोन, इन्टरनेट तथा अन्य प्रविधि पुगेको छैन । यसका कारण यहाँका सयौँ नागरिकले टाढाटाढाको सूचना थाहा पाउन सक्दैनन् । विद्युतको पहुँचसमेत नपुग्दा टुकी र दियालोकै भरमा स्थानीयले रात बिताउँदै आएका छन् ।

जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने निसेलढोरमा अहिलेसम्म विद्युत र सूचना सञ्चारविहीन हुँदा आगन्तुक र स्थानीयले सास्ती खेप्नुपरेको छ ।

निसीखोला गाउँपालिका–५ मा पनि निसेलढोर क्षेत्रलाई विद्युत् र सूचना प्रविधिले जोड्नतर्फ सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

यहाँ कोहीले मोबाइल चलाउन चाहे पनि ‘चार्ज’ गर्नका लागि विद्युत् र फोन तथा सामाजिक सञ्जाल चलाउन इन्टरनेट अभाव छ । एक दशक अगाडिसम्म उत्तरगङ्गा ढोरपाटन क्षेत्रमा पनि इन्टरनेटको सुविधा थिएन । 

नेपाल टेलिकमले टावर राखेपछि अहिले ढोरपाटन क्षेत्र भने सञ्चारसँग जोडिएको छ । निसेलढोरमा खास गरी निसीखोला गाउँपालिका–५ निसीका स्थानीय बस्ने गर्छन् । 

पहिलेपहिले बर्खाको समयमा मात्रै बस्ने गरे पनि सडकले निसेलढोर जोडिएपछि स्थायीरुपमा धेरै नागरिक यहाँ बसोबास गर्दै आएका छन् । फोनले काम नगर्दा अन्य ठाउँमा हुने घटना महिनौँपछि थाहा पाउने स्थानीय रनबहादुर घर्ती मगरले बताए । 

उनले निसी गाउँ झर्दा नेटले काम गरेर सूचना आदानप्रदान गर्न पाए पनि निसेलढोरमा बस्दासम्म बाहिरी सूचना थाहा पाउन नसक्ने बताए ।

सरकारले विद्युत् र टावरको व्यवस्था गरी दिएर निसेलढोरमै फोन चलाउन पाइने र सूचना आदानप्रदान गर्न सहज हुने घर्ती मगरले बताए । फोनले काम नगर्दा आफूहरुले धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जिल्लाकै सबैभन्दा विकट हुँदा अहिलेसम्म इन्टरनेटको व्यवस्थापन गर्न नसकिएको बताए । 

निसेलढोरलाई विद्युत् र इन्टरनेटसँग जोड्नका लागि विभिन्न निकायसँग सहकार्य भइरहेको उनको भनाइ छ । उनले अहिले निसेलढोरमा टेलिफोन सेवा सञ्चालनका लागि टावर निर्माणका काम सुरु भएको बताए ।

निसीखोला गाउँपालिका–६ को चौरीभुजुङ्गीमा नेपाल टेलिकमले टावर निर्माण गरिरहेको अध्यक्ष घर्ती मगरले जानकारी दिए ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले निसेलढोरलाई लक्षित गरी मोबाइल टावर निर्माण गर्न थालेको बताए । अहिलेसम्म सञ्चारको पहुँचबाट बाहिर रहेका निसेलढोरवासीलाई सञ्चारसँग जोड्ने तीन हजार सात सय ३० मिटरको उचाइमा टावर निर्माण सुरु भएको प्रमुख शर्माले बताए ।

टावर उच्च स्थानमा राख्न थालेको हुँदा यहाँ विद्युत्को पहुँच नभएको भन्दै सोलारमार्फत टावर सञ्चालन गर्ने उनको भनाइ छ । यस स्थानमा फोरजी चल्ने गरी टावर निर्माण भइरहेको शर्माले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : १७ बजे

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर