एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ « Khabarhub

एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– १ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट प्रहरीले शुक्रबार एक सय २० केजी गाँजाबोकेको सुमो गाडी र मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ३६ वर्षिय महोमद सिराज, २० वर्षिय अस्ताजु आलम , १९ वर्षिय नसिम आलम, ५२ वर्षिय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षिय ओम प्रकाश साह र २० वर्षिय शिवम साह रहेका छन् ।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको गाँजासहित उनीहरुलाई नं १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो । भने प्रदेश नं १–०२–०५० प ६३०४ नम्बरको मोटरसाईकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ३१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल