श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा धेरै डेङ्गुबाट सङ्क्रमित थपिए « Khabarhub

श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा धेरै डेङ्गुबाट सङ्क्रमित थपिए


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ ।

एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो । डेङ्गु सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले जानकारी गराएको छ ।

श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ । कोलम्बो जिल्लामा सबैभन्दा बढी २१.१ प्रतिशत सङ्क्रमित भेटिएका छन् । श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले वर्षा याममा यो रोग फैलन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : १९ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच