श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा धेरै डेङ्गुबाट सङ्क्रमित थपिए « Khabarhub

श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा धेरै डेङ्गुबाट सङ्क्रमित थपिए


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ ।

एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो । डेङ्गु सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले जानकारी गराएको छ ।

श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ । कोलम्बो जिल्लामा सबैभन्दा बढी २१.१ प्रतिशत सङ्क्रमित भेटिएका छन् । श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले वर्षा याममा यो रोग फैलन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : १९ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर