मौसमका कारण पहिलो मानसरोवर ‘माउन्टेन फ्लाइट’ प्रभावित | Khabarhub Khabarhub

मौसमका कारण पहिलो मानसरोवर ‘माउन्टेन फ्लाइट’ प्रभावित

नाट्टा बाँके च्याप्टरले चार्टर्ड गरेको बुद्ध एयरको जहाज दैलेखको आकाशबाट फर्कियो


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मौसम सफा नहुँदा पश्चिम नेपालकै पहिलो कैलाश मानसरोवर ‘माउन्टेन फ्लाइट’ प्रभावित भएको छ । सोमबार नेपालगञ्जबाट नाट्टा बाँके च्याप्टरले बुद्ध एयरको जहाजसँग सम्झौता गरेर मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट गरेको थियो ।

सोमबार बिहान सांसद धवल शमशेर राणा, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलसहित नेपाली तथा भारतीय पर्यटन व्यवसायी गरेर झण्डै ४० जनाको टोली लिएर उडेको बुद्ध एयरको एटीआर जहाज दैलेखको आकाशमा पुगेर दुई फन्का लगाउँदै फर्केको हो ।

बिहान हुस्सु र कुहिरो लागेका कारण हिमाल नदेखिएको र स्पष्ट रुट नहुँदा बुद्ध एयरको एटीआर जहाज सुर्खेत र दैलेखमाथिको आकाशमा पुगेर फर्किएको हो । चीनको आकाशबाट बाक्लो हुस्सु र बादल मानसरोवर वरपर र माथिको आकाशमा थुप्रिएका कारण पहिलो मानसरोवर ‘माउन्टेन फ्लाइट’ प्रभावित भएको बुद्ध एयरका पाइलटले बताएका छन् ।

बाक्लो हुस्सु र कुहिरोका कारण जहाज हुम्लाको लाप्चा र लिमी उपत्यका पुगेर मानसरोवर दर्शन नगरी फर्केको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार मौसमले साथ नदिँदा पहिलो मानसरोवर परीक्षण उडान प्रभावित भएको हो ।

‘हामीले निकै ठलो आशा र प्रयासका रुपमा मानसरोवर माउन्टेन फ्लाइट गरेका थियौँ । त्यसका लागि नेपालगञ्जबाट जहाज उड्यो पनि । कर्णालीको पहाड र केही हिमालका दृश्य देखिएका पनि थिए’ पहिलो मानसरोवर परीक्षण उडान भरेका सिग्देलले भने, ‘तर सुर्खेतपछि दैलेख दुल्लुमाथिको आकाश पुग्दा मौसमले साथ दिएन् । झण्डै १५ मिनेट जहाज होल्ड गरेर पहिलो उडान सफल पार्ने कोसिस गर्दा पनि पाइलटले नसकिने बताएपछि हामी आधा बाटोबाट फर्कियौँ ।’

मानसरोवर माउन्टेन फ्लाइटका लागि नाट्टा बाँके च्याप्टरले बुद्ध एयरलाई साढे ६ लाख रुपैयाँ बुझाएर सम्झौता गरेको थियो । सम्झौताअनुसार बुद्ध एयरका दुई पाइलटसहित ५ जना क्रु मेम्बर आइतबार राती नै नेपालगञ्ज आएर बसेका थिए ।

आइतबार बिहान सफा देखिएको मौसम सोमबार बिहान भने कुहिरो र हुस्सुले प्रभावित थियो । तर भिजिबिलिटी भएकाले जहाज पहिलो मानसरोवर उडान भर्न सफल भएको थियो । तर पछिल्लो केही दिन यता पश्चिमी वायुको प्रभावले मौसम बदली भएको थियो । जसकारण सोमबार पश्चिम नेपालकै ऐतिहासिक र धेरै सम्भावना बोकेको मानसरोवर माउन्टेन फ्लाइट प्रभावित भएको हो ।

May be an image of 10 people, people standing and outdoors

आधाभन्दा बढी भारतीय पर्यटन व्यवसायी बोकेर माउन्टेन फ्लाइट नेपालगञ्जबाट उडेको थियो । झण्डै दुई दर्जन बढी भारतीय टूर अपरेटरले पहिलो मानसरोवर उडान सफल भएमा भारतीय पर्यटक नेपालगञ्ज हुँदै मानसरोवर दूर दर्शनका लागि पठाउने प्रतिबद्धता जनाएका थिए । तर परीक्षण उडान नै सफल नभएपछि मानसरोवर माउन्टेन फ्लाइट फेरि पनि प्रतिक्षाकै विषय बनेको छ ।

पहिलो उडान पूरा नभएपनि फेरि प्रयास गर्ने बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सांसद धवलशमशेर राणाले बताए । ‘पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि मानसरोवर फ्लाइट धेरै महत्वपूर्ण थियो । त्यसका लागि जहाज उडाउन पनि सफल भइयो’ पहिलो उडानमा रहेका उनले भने, ‘तर मानसरोवर दर्शन गर्न नपाउँदा माउन्टेन फ्लाइटमा चढेका पर्यटन व्यवसायी र सरोकारवालाले अझै धैर्यता गर्नुपर्ने छ । अर्कोपटक मौसम हेरेर जहाज उडाउने प्रयास हुन्छ ।’

यस्तै नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले यसपटकको उडान मानसरोवर पुग्न नसकेपनि चाँडै अर्को उडान गर्ने बताए । नेपालगञ्जबाट नियमित माउन्टेन फ्लाइट गर्ने उद्धेश्यले प्रयास गरिएको भन्दै चाँडै अर्को उडान गरिने उनले बताए ।

‘हामीले लामो प्रयास गरेर आज जहाज उडाएका थियौँ । तर सफल भएन’ वेष्टर्न ट्राभल मार्टका संयोजकसमेत रहेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने, ‘हाम्रो पहिलो प्रयास सफल हुन सकेन । तर फेरि प्रयास गर्छौँ । चाँडै नै अर्को उडान भरेर माउन्टेन फ्लाइट गर्छौ । मानसरोवर माउन्टेन फ्लाइट पश्चिम नेपालको पर्यटनमा नयाँ कोशेढुंगा हो । ढिलो भएपनि हामी सफल पार्छौ ।’

May be an image of 6 people, people standing and people sitting

नेपालगञ्जमा आइतबारदेखि सुरु भएको दोस्रो वेष्टर्न ट्राभल मार्टका क्रममा भारतीय पर्यटन व्यवसायीलाई समेत चढाएर पहिलो मानसरोवर उडान गरिएको थियो । यसअघि नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज–पोखरा उडान भरेको थियो । अहिले त्यो रुटमा बुद्ध एयरले नियमित उडान गर्दै आएको छ ।

ठीक त्यसैगरी नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट सुरु गरेर एयरलाइन्सलाई नियमित माउन्टेन फ्लाइटका लागि वातावरण बनाउन नाट्टा बाँके च्याप्टर लागिपरेको छ ।

 

 

 

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ५४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः