सिद्धार्थ राजमार्ग राति बन्द हुने « Khabarhub

सिद्धार्थ राजमार्ग राति बन्द हुने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ । शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ ।

रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट खुुकुुला ढुँगाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म रातको समयमा राजमार्ग गर्ने जनाएको छ ।

आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो सवारी चाप अधिक रहेकाले दिउँसोको बन्द हटाएको बताइएको छ । गत चैत २१ गते दिउँसो र रातिको समयमा सडक बन्द गरिँदै आइएको थियो ।

रातिको समयमा सडक बन्द हुुँदा सो समय अवधिभर विभिन्न ठाउँमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको सुुरुङ मार्ग योजनाले जनाएको छ । सो समयमा पाल्पाबाट जाने सवारी साधनहरू जडीबुुटीचोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने बुटवलबाट आउने सवारी साधानहरू चिडियाखोला तल्लो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमार्फत काम भइरहेको छ । सडक बन्द रहेको समयमा आकस्मिकरूपमा यात्रा गर्नुपर्ने र सानारमझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । यस सडकखण्डमा पटक पटक सडक बन्द गरेर काम गरिरहँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : २४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा