सरकार र महावीरबीचको वार्ता निष्कर्षहीन « Khabarhub

सरकार र महावीरबीचको वार्ता निष्कर्षहीन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको बार्ता निष्कर्षविहीन भएको छ । आइतबार साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहिन भएको पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘आज ५ः३० बजे देखी ९ बजे राती सम्म सिँह दरबारमा बार्ता भयो। भोली ३ः३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो। सबै कुरा मिलेको छैन। आन्दोलन जारी हुनेछ ।’ पुनले उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आज बिहानपनि आन्दोरत पक्षसँग वार्ता गरेको थियो ।  तर, पुनले अघि सारेका चारवटा मागमा सहमति जुट्न सकेन।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ बनाउनुपर्ने लगायतका माग पुनले अघिसारेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : २३ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी