अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण | Khabarhub Khabarhub

अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, योजना र बजेटको व्यवस्था गर्न माग गरिएको हो ।

अर्थमन्त्री महतले सरकार यी विषयमा गम्भीर भएको र बजेट निर्माण गर्ने बेलामा त्यस विषयमा ध्यान दिने बताए । ध्यानाकर्षण पत्रमा आम मतदाताहरु विशेष गरेर सिमान्तकृत एवं बञ्चितीमा पारिएका मतदातामार्फत जन निर्वाचित निकाय एवं जनप्रतिनिधिहरुको जवाफदेहीता प्रवद्धन गर्न ‘जनाताका आँखामा विकास र बजेट’ भन्ने नीतिगत व्यवस्था अविलम्ब गर्न माग गरिएको हो ।

मञ्चका अध्यक्ष विश्वकर्माले आगामी नीति, योजना, बजेट र कार्यक्रम बनाउँदा उक्त विषयहरुलाई पनि समेटेर बनाउन आग्रह गरे । नेपाली समाजमा कलङ्कको रुपमा रहेको छुवाछूत, जातीय विभेद र यसले सिर्जना गरेका तमाम असमानताको अन्त्य गर्न र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनको प्रभावकारी कार्र्यान्वयनको लागि यथेष्ट बजेटको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा छ ।

जातीय भेदभाव तथा छुवाछूतका पीडितलाई उचित क्षतिपूर्ति दिने र नेपाललाई छुवाछूत मुक्त राष्ट्र बनाउन राष्ट्रिय अभियान चलाउने नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । महिला, दलित, अपाङ्गता भएका नागरिक, आदिवासी जनजाति, मधेशी, मुस्लिम, एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आदिको आर्थिक तथा सामाजिक उत्थान र सशक्तीकरणका लागि समुदाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ५७ बजे

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस

ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं– ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल

सिँचाइ आयोजनाले बाख्रापालकलाई गोठ सुधारमा सघाउँदै

कैलाली– कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

रोचक समीकरणमा आईपिएल : आज जिते चेन्नई प्लेअफमा, हारे गणितले गर्छ भाग्य निर्धारणा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा प्लेअफ पुग्ने अन्तिम टोलीको

जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गर्ने तयारी