कोशी प्रदेशका १२ जिल्लामा लम्पी स्किन रोगको प्रकोप, एक हजारभन्दा धेरै पशु मरे « Khabarhub

कोशी प्रदेशका १२ जिल्लामा लम्पी स्किन रोगको प्रकोप, एक हजारभन्दा धेरै पशु मरे


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए ।

उनले ताप्लेजुङ र सोलुखम्बु बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताए । उनले यस रोगको सङ्क्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिए । उनका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन् । यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेका उनको भनाइ छ ।

‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उनले बताए । रोगी पशुको र्‍याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताए। उनले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताए ।

उनले भने, “बढी सङ्क्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर गाउँगाउँ, बस्ती बस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौँ ।” उनले लम्पी स्किन देशका सातवटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिए ।

“आगामी बजेटमा यस रोगको भ्याक्सिन खरिदका लागि बजेट छुट्याउने बारेमा छलफल भइरहेको छ”, उनले भने, “आकस्मिक कोषको भन्दा बजेट नै छुट्याएर काम गर्न सके रोग नियन्त्रण गर्न सकिन्छ ।” रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउने बाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन ।

गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षित रुपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरिरहेको उनले बताए । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष अघि भएको मानिएको छ ।

क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक कट्टेलले बताए । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  २ : १५ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट