कालीकोटमा कालाजारका बिरामी भेटिए « Khabarhub

कालीकोटमा कालाजारका बिरामी भेटिए


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० जना कालाजारका बिरामी फेला परेका छन् । 

यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ । आर्थिक वर्ष २०७७–७८ मा ४३ तथा आव २०७८–७९ मा २८ कालाजारका बिरामी फेला परेको महतले जानकारी दिए ।

जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा. सङ्केत विश्वकर्माले बताए । 

‘पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ’, उनले भने, ‘तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ३२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक