विश्वविद्यालयमा आरक्षणको व्यवस्था अन्त्य गर्न अमेरिकी सर्वोच्च अदालतको आदेश « Khabarhub

विश्वविद्यालयमा आरक्षणको व्यवस्था अन्त्य गर्न अमेरिकी सर्वोच्च अदालतको आदेश


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा जातियताको आधारमा भर्ना गर्ने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विश्वविद्यालयहरुलाई विविधायुक्त बनाउन भन्दै सन् १९६० को दशकमा लागू गरिएको विद्यार्थी भर्नाको आरक्षण अन्त्य गर्न सर्वोच्चले आदेश दिएको हो ।

हार्वर्ड विश्वविद्यालय र नर्थ क्यारोलाइना विश्वविद्यालयको भर्ना प्रक्रियाबारे स्टुडेन्टस् फर फेयर एडमिसन्स समूहले हालेको मुद्दामा सर्वोच्चले फैसला गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको बहुमतको निर्णयको आधारमा गरिएको फैसलामा वर्णलाई आधार मानेर भर्ना गर्नु समानताको हकविरुद्ध हुने ठहर गरिएको छ । फैसलामा ९ जना न्यायाधीश मध्ये ६ जना जातियताको आधारमा हुने भर्नाको विपक्षमा थिए । ३ जनाको भने फैसलामा विमति रहेको थियो ।

अमेरिकी विश्वविद्यालयहरुमा अश्वेत र हिस्पानिक विद्यार्थीहरूको पहुँच बढाउन लागू गरिएको नीतिको खारेजीले अमेरिकी समाजलाई तरङ्गित बनाएको छ ।

यसबाट विश्वविद्यालयहरुको भर्नामा ठूलो फरक पर्ने ठानिएको छ । वर्णका आधारमा उपलब्ध हुने कोटा खारेज हुने भएपछि डेमोक्र्याट्सहरू क्रुद्ध भएका छन् भने रिपब्लिकनहरूले फैसलाको स्वागत गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला सामान्य नभएको भन्दै फैसलाप्रति असहमति जनाएका छन् । उनले कलेज भर्नामा अदालतले सकारात्मक कारबाहीको अन्त्य गरेको बताए। अमेरिकी राष्ट्रपतिले अदालतको निर्णयसँग आफू पूर्ण रूपमा असहमत रहेको बताए । 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १० : ३६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्