एसीसी मेन्स यु–१६  : मलेसियालाई हराउँदै नेपाल समूह विजेता « Khabarhub

एसीसी मेन्स यु–१६  : मलेसियालाई हराउँदै नेपाल समूह विजेता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपाल समूह ए को विजेता बनेको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियालाई ८५ रनले हराउँदै नेपालले जित निकालेको हो । यो जितसँगै नेपाल समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभर ३ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । त्यस्तै मुहम्मद आलिफ १५, मुहम्मद अक्रम १२ तथा मोहम्मद फाथुल फात्रीले १० रन जोड । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले सर्वाधिक ४ विकेट लिए । यस्तै, अविशेक तिवारीले तीन, सन्तोष यादवले दुई विकेट तथा कृतिक कमातले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ ओभर ४ बलमा अलआउट हुँदै १८३ रन बनाएको थियो । नेपालका अशोक धामीले ५२ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै, अशोक धामीले ३९, नरेश भट्टले २९ सुर्यांसु कोइरालाले २३, कृतिक कामतले १६ तथा दिपकुमारले १५ रन जोडे ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले दुई–दुई तथा मोहम्मद फतुलले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १ : २१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक