रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा « Khabarhub

रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ। टाढापोटी फिल्मस् प्रालिले आइतबार राजधानमिा एक कार्यक्रमकाबीच शो आयोजना गरिने घोषणा गरेको हो।

बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने शोको उद्देश्य रहेको शोका निर्देशक नरेशनाथ योगीले बताए। टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपालीभाषी नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउनेछन् ।

कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नेछन्। सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ। अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन्। कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन्। शोका विजेताले नगद १५ लाख र सवारी साधन, द्वितीय हुनेले नगद १० लाख र सवारी साधन तथा तृतीय हुनेले नगद ५ लाख र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। त्यसैगरि चौथो र पाँचौं स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगको भनाइ छ।

फाइनल अष्ट्रेलियामा हुने कार्यक्रममा टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ। कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैंगिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न पाउने छैनन्।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : २४ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६