सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ? « Khabarhub

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ । बुधबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो । उक्त दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : ५९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको