प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्छ : मन्त्री किराती « Khabarhub

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्छ : मन्त्री किराती


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने बताएका छन् ।

टुरिस्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किरातीले मुलुकका सबै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने र यसका लागि आफू कुर्सी छाड्न पनि तयार रहेको बताए ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे । उनले सबै राजनीतिक दलहरू मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए ।

त्यस्तै मन्त्री किरातीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : १५ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड