इलाम अस्पतालमा शय्या अभाव, भुइँमै राखेर उपचार | Khabarhub Khabarhub

इलाम अस्पतालमा शय्या अभाव, भुइँमै राखेर उपचार


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भुइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भुइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकस्मिक कक्षमा बिरामी आउने गरेको आकस्मिक कक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । उनका अनुसार अस्पताल आउने मध्ये अधिकांश डेङगु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामी छन् ।

‘जीउ दुख्ने, हात खुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्याधिक आउने लक्षणहरु लिएर अधिकांश बिरामी आउने गरेका छन्’, लुइँटेलले भने, ‘अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुइँमै भए पनि उपचार गरिरहेका छौँ ।’

अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितित खतिवडाले जानकारी दिए। उनका अनुसार आकस्मिक कक्षमा जम्मा ११ शय्या मात्र छन् । ‘आकस्मिक कक्षमा भर्ना भएर आएका बिरामीलाई शय्या नपुगेपछि भुइँमै राखेर सेवा दिइरहेका छौँ’, व्यवस्थापक खतिवडाले भने, ‘ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो उपचार गरिरहेका छौँ ।’ 

उनका अनुसार साउन र भदौ १० गतेसम्ममा जाँच गराउन आउनेमध्ये ४१ जनामा डेङगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । ‘यीमध्ये डेङ्गुका १० र स्कपटाइफसका पाँच जना बिरामीलाई भर्ना नै गरेर उपचार गराएका छौँ’, उनले भने ।

जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आउनुभएकी माया थेबेले शय्या नपाउँदा उपचारमा असहज भएको बताए । उनले भने, “ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुइँको चिसोले ज्यानै लैजाला जस्तो छ ।’

जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : २२ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको