बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बाँके– निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवतजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । 

‘निकुञ्जभित्र स–साना खोलानाला छन् । वर्षामा खोला तार्न गस्ती सम्भव छैन’, उनले भने ,’गस्तीका साथै अवलोकनमा आउनेलाई सहजताका लागि र निकुञ्जभित्र आगलागी वा केही विपद् भए तत्काल उद्धारका लागि २० वटा काठका पुल निर्माण गरिएका छन् ।’

संरक्षण अधिकृत शाहले उक्त पुल निर्माणका लागि निकुञ्जभित्रकै ढलका, पुराना काठ प्रयोग गरिएको बताए । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो । निकुञ्जमा ‘फायर लाइन’ बनाउने क्रममा खोला तथा खहरेमा काठका पुल निर्माण गरिएको संरक्षण उनले जानकारी दिए । 

शाहका अनुसार निकुञ्जको चारै दिशामा काठका पुल बनाइएका छन् । आवश्यकता हेरि पुल थप गर्न सकिने उनको भनाइ थियो । ‘निकुञ्जभित्र बनाइएका उक्त पुल तर्दै नियमित गस्ती गर्नुका साथै विभिन्न सवारीसाधन प्रयोग गरी निकुञ्ज सफारी गर्ने गरिएको छ’, उनले भने । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : ३१ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६