नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौँ : सञ्चारमन्त्री शर्मा « Khabarhub

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौँ : सञ्चारमन्त्री शर्मा


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताइन् । 

‘यसमा कूटनीतिक ढङ्गले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ’, उनले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्‍यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’ 

एक अर्को प्रसङ्गमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसद्बाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन् । उनले भनिन्, ‘संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन, कार्यान्वयन स्वाभाविक ढङ्गबाट हुने नै भयो ।’

व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उहाँले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताइन् । 

टेलिफोन सेवाका सम्बन्धमा टेरामक्स प्रणालीबारे उठेका प्रश्नका सम्बन्धमा सोधिएको प्रश्नमा उनले हिजोको सरकारको निर्णय भए पनि कार्यान्वयनमा लाने कि नलाने भन्ने आजको विषय भएको बताइन्। उनले भनिन्, ‘कार्यान्वयनमा लानुभन्दा पहिला उठेको प्रश्नको उत्तर दिनुपर्छ । उत्तरलाई प्रष्ट पार्नुपर्छ । कुनै पनि नागरिकको आवश्यकताबिना फोन ट्यापिङ गरिन्न, कानून र नियमले दिने कुरामा पछाडि हट्दैनौँ ।’

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : ३९ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।