चरित्रहीन !  « Khabarhub

चरित्रहीन ! 


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गौतम बुद्धले सन्यास लिएपछि विभिन्न क्षेत्रको यात्रा गरे । यात्राको क्रममा बुद्ध एक गाउँमा पुगे । 

त्यहाँ बुद्धलाई देखेर एक महिला बुद्धको सामु पुगिन् र भनिन्– ‘हेर्दा त हजुर राजकुमारजस्तै देखिनु हुन्छ तर पनि यो युवा अवस्थामा गेरु वस्त्र पहिरिएर सन्यास लिनुको कारण जान्न सक्छु ?’

बुद्धले विनम्रतापूर्वक उत्तर दिए, ‘मलाई तीन कुराको जिज्ञासा जागेपछि यसको उत्तर पाउन मैले सन्यास लिएको हुँ ।’

हाम्रो यो सुन्दर शरीर युवा अवस्थाबाट बृद्ध हुँदै बिरामी हुँदै अनि मृत्युको मुखमा पुग्छ । मलाई वृद्धावस्था, बिरामी र मृत्युको कारणको ज्ञान प्राप्त गर्नु छ ।

बुद्धको विचारबाट ती महिला प्रभावित भएर बुद्धलाई आफ्नो घरमा भोजनको निम्ति आग्रह गरिन् । यो कुरा केहीबेरमा गाउँभरी फैलियो । गाउँका सम्पूर्ण पुरुषहरू बुद्धको सामु आएर बिन्ती गर्न थाले– ‘हे सन्यासी यी महिलाको घर न जानुहोला । किनकी यी महिला चरित्रहीन हुन् ।

बुद्धले मुस्कुराउँदै गाउँका अगुवा पुरुषलाई सोधे, ‘के हजुर पनि यो मान्नुहुन्छ कि यी महिला चरित्रहीन हुन् ?’

ती व्यक्तिले जवाफ दिए, ‘हो यी महिला निकै खराब अनि चरित्रहीन छ । हजुर यी महिलाको घर नजानु होला ।’

त्यसपछि बुद्धले ती पुरुषको एक हात समातेर भने, ‘ल अब ताली बजाउनुहोस् त ।’

ती पुरुषले भने, ‘म एक हातले कसरी ताली बजाऊँ ? मेरो एउटा हात त हजुरले समात्नु भएको छ ।’

त्यसपछि बुद्धले जवाफ दिए, ‘हो यस्तैगरि यी महिला स्वयं चरित्रहीन कसरी बन्न सक्छिन् ? जबसम्म यो गाउँका पुरुष चरित्रहीन हुँदैनन् !’

यदि गाउँका सबै पुरुष असल हुन्थे भने यी महिला पनि चरित्रहीन हुन्नथिन् । यी महिलाको चरित्रहीनको कारण नै यहाँका पुरुषहरू जिम्मेवार छन् । बुद्धका यी कुरा सुनेर सबैजना आफैँ लज्जित भए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ३९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका