प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर गत शनिबार चीन भ्रमणमा पुगेका प्रधानमन्त्री दाहाल आज चीनको छेन्दुबाट स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री दाहाललाई सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलबाट बिदाइ गरेका थिए ।

चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । सो क्रममा उनले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाएका थिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए । सोक्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।

न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए भने अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

 

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ४६ बजे

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐनसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई मंसिर २९ गते

काठमाडौं – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई मंसिर २९ गते

कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो

काठमाडौं – एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको

प्रविधिको विकासले चुनौति थपि‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक

बाँझो जग्गा उपयोग गर्दै कास्कीको रुपा गाउँपालिका

कास्की- कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने