दसैँ सकिएसँगै अछाम जिप्रकामा सेवाग्राहीको भीड | Khabarhub Khabarhub

दसैँ सकिएसँगै अछाम जिप्रकामा सेवाग्राहीको भीड


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अछामहिन्दूहरुको महानचाँड दसैँ सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्रशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो ।

बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र काठमाडौँलगायत विभिन्न ठाउँमा अध्ययनका लागि गएका  विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।

दसैँ र तिहार अघि सेवा लिनेको सङ्ख्याभन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको उनको भनाइ थियो ।  सेवाग्राहीको भीड बढे पनि कार्यालयले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ । कर्मचारी अभाव हुँदा पनि आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाडसमेत कम भएको छ ।सेवाग्राहीले आवश्यक सम्पूर्ण कागजात पुर्‍याए ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । 

उक्त कार्यालयमा अहिले २२ कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दीअनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि सहायक प्रमुख जिल्ला अधिकारीको अभाव विगत वर्षदेखि नै हुँदै आएको छ । 

दुई प्रशासकीय अधिकृतको दरबन्दीमा एक प्रशासकीय अधिकृत, पाँच नायब सुब्बाको दरबन्दीमा एक नायब सुब्बा, तीन खरिदारको दरबन्दीमा दुई जना र दुई कम्प्युटर अपरेटरको दरबन्दीमा करारका कर्मचारी काम गरिरहेका छन् । यसअघि  असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई यहाँ सरुवा गरे पनि उनीहरूको उपस्थिति भएको थिएन ।

कर्मचारीको  अभावमा समेत जिल्ला प्रशासन कार्यालयले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज भएको छ । नागरिकता लिनकै लागि जिल्लावासी  दु्ई दिन लगाएर मङ्गलसेन आउने गरेका छन् । जिल्लामा एक मात्र इलाका प्रशासन कार्यालय रहेको विनायकमा एक जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १ : १९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको