मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी | Khabarhub Khabarhub

मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कर्णालीछायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको विभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ । घटना कात्तिक ८ गतेको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍यायो । शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएका मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि आजका दिनसम्म उनीहरूको शवपरीक्षण हुन सकेको छैन । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी चार दिनदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोलीले तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धानलाई तीव्र बनाएको छ । जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु गएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल घटनास्थलमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनले भने, ‘अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरिएको छ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो पुग्ने आशामा छौँ ।’

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि हालसम्म खास तथ्य भने प्रहरीले भेटाउन नसकेको बताइएको छ । प्रवक्ता भट्टराईका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरुमा यसलाई प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् । अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा समातेर सोधपुछ गरिएको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले समेत घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेको छैन ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने मनसायले हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । ढोकामा नयाँ ताल्चा लगाइएको तर घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई उनकी श्रीमतीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिको ठोस प्रमाण फेला पारिनसकेको बताएको छ । घटना अनुसन्धान कार्य जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दाबी गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले विविध कारणले शवपरीक्षणमा ढिलाइ भए पनि अब यो कार्य नरोकिने र अनुसन्धानलाई सूक्ष्म ढङ्गले अगाडि बढाइने जानकारी गराए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : ११ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता