इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान | Khabarhub Khabarhub

इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै दुई नेपालीको शव पहिचान भएको जनाकारी दिएको हो ।

शव पहिचान हुनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साह रहेका छन् । योसँगै उक्त आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव पहिचान भएको छ ।

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, विज्ञप्तिमा उल्लेख छ।

इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ। दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ५५ बजे

बाढीमा हामफालेका राजवंशीको शव भेटियो

झापा – जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा आएको

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

खोटाङ – अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७

विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने

बागमती – बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद्बाट पीडित

बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढी, पहिरो र

उत्तरी गोरखाको साम्दोमा हिमपात

गोरखा – उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको