खेल सङ्घ वर्गीकरण गर्ने राखेपको तयारी « Khabarhub

खेल सङ्घ वर्गीकरण गर्ने राखेपको तयारी


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेस गर्ने व्यवस्था भएअनुरुप राखेपका पूर्वसदस्य–सचिव युवराज लामाको संयोजकत्वमा सात सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको हो ।

सदस्यमा राखेपका पूर्वउपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्टस् फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई छन्। त्यस्तै प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन् ।

खेल सङ्घलाई क्रियाशील बनाई खेलकुद गतिविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउन सदस्य–सचिव टङ्कलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।

सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल सङ्घलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन क्रियाशील छन् । उनको कार्यकालमा २४ सङ्घले निर्वाचन सम्पन्न गरिसकेका छन् भने कराँते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन सङ्घको एकीकरणसमेत भइसकेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : १० बजे

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर

डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष

विराटनगर– नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको