ईपीएस शाखाले फेरि खोल्यो आवेदन, जहाज कम्पनीको फारम भरेकाले मात्र सहभागी हुन पाउने « Khabarhub

ईपीएस शाखाले फेरि खोल्यो आवेदन, जहाज कम्पनीको फारम भरेकाले मात्र सहभागी हुन पाउने


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन खुला गरेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने यो परीक्षामा जहाज निर्माण (सीप बिल्डिङ) कम्पनीमा सहभागीहरूले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा सीप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदकहरूले मात्र फारम भर्न सक्नेछन् । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’

यसअघि ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने विभागले बताएको थियो ।

यही विषयलाई लिएर पाटन उच्च अदालतमा रिटसमेत परेको थियो । असन्तुष्ट परीक्षार्थीले आन्दोलन गर्नेक्रममा शुक्रबार ललितपुरमा दुईजनाको ज्यानसमेत गएको थियो ।

अन्ततः अदालतले आदेश दिएको भन्दै ईपीएस शाखाले एक कदम पछि हटेर जहाज  निर्माण कम्पनीका लागि फारम भरेकाहरुले पनि उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि आवेदन दिन सक्ने सूचना जारी गरेको हो ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना